मेरा सबै शुभचिन्तक मित्रहरुलाई स्वागत गर्दछु
२०६६ सँल माघ ११ गते
आजको दिन पनि बित्यो बिहान उठ्ना साथ भान्जिलाई खेलाउने बानि लागेको आजकल निकै रमाउछिन मेरि भान्जि मामा भन्ना साथ बिहानको ब्रेकफास्ट खाएपछि अफिस तिर लागें आज स्कोरबोर्ड गर्ने दिन साह्ा स्क्रिप्टहरु सकेर गिरिश संग मेरो डिपार्टमेन्टमा संगै काम गर्ने भाई अन्य केहि साथिहरु संग अफिस छेउको चिया पसलमा गएर चिया खाए चिया पसलमा साह्ा गफ गरियो नेपाली फुटबल देखि म्यानचेस्टर सिटिले म्यान्चेस्टर युनाईटेडलाई एफ कपको म्याचमा पराजित गरेको सम्म त्यसपछि आफ्नो दैनिक कार्यमा लागियो समाचारको लागी स्क्रिप्ट स्कोरबोर्डको काम सबै शुिट¨ सकेर घर तर्फ लागे खाना खान एकछिन फेरि भान्जिलाई खेलाउने मौका पाए खाना खाएर आसिफको अफिस तर्फ लागें आसिफ रात गई बात गई भन्ने फिल्म हेर्दै थियो एकछिन मैले पनि हेरे राम्रो फिल्म रहेछ त्यसपछि आसिफ लाग्यौं जिम तर्फ घण्टाको वर्क आउट पछि अफिस तिर फर्किए एक छिन सचिन तेन्दुल्करको ब्यािट¨ हेरियो उसको खेल जिवनको ४५ औं शतक बजेको बजेको समाचार लेखन कार्य सकेर एक छिन फेसबुक मा ब्यस्त भएँ अब केहि बेर पछि समाचार बाचन गरेर घर तर्फ प्रस्थान गर्नेछु घर पुग्ना साथ बुवा आमा बहिनि संग कुरा कानिमा ब्यस्त हुन्छु आजको पुरा दिन यसरि सकिनेछ भोलि नयाँ दिन नयाँ जोश जाँगरका साथ दिनको शुरुवात गर्नेछु