फेरि एक पटक धेरै समयपछि केहि लेख्न मन लाग्यो लेख्न सधै मन लाग्छ तर लेख्ने बिषय सोच्दा एउटै बिषय दिमागमा आउछ मेरो देश यो संग जोडिएका धेरै पिडा दुख हामि बाँचिरहेको ढु¨ युग

आज दिक्क लागि रहेको , मेरो एउटा साथि निमेशले आफ्नो फेश बुकमा बत्ति , पानि , ईन्टरनेटको बारेमा लेखेको थियो उसको पिडा जायज हो , त्यो पिडा मेरो , तिम्रो ,तपाईको , हामि सबैको हो दिक्कै लाग्छ सुत्दा बत्ति नहुने उठ्दा बत्ति नहुने , गित रेकर्ड गर्दा , अब मोबाईल चार्ज गर्न पनि लाईन नहुने . धन्य अफिसमा बत्ति हुन्छ मोबाईल चार्ज गर्ने काम सबै अफिसमा मेरो मात्र होईन अफिस जाने सबै मित्रहरुको बिडम्बना यहि हो

घर बाहिर निस्कियो काहालि लाग्दो भिड गाडिको भिड मान्छेको अस्तब्यस्त भिड , डर लाग्दो भएको राजधानि बेलुका कामबाट घर फर्किदा डर लाग्छ सुनसान तिनकुने बानेश्वरको सडक बानेश्वर चोकमा केहि प्रहरि दाजुहरु शान्ति सुरक्षाको ह्वाट लागेको अनि फेरि महिनामा एक दुई पटक सुरक्षा जाँच गर्न बसेका हुन्छन् प्रहरि दाजुहरु मुखबाट डु¨ डु¨ क्सी गनाएको हुन्छ प्रश्न कहाँबाट आउनु भएको भन्छु अपिस कुन अपिस कान्तिपुर टिभि जानुस , यो सुविधा मैले पाएको छु पत्रकार भएको फाईदा होला शायद यसरि हुन्छ हाम्रो देशको शान्ति सुरक्षु

मेरो एकजाना साथि बिदेशबाट केहि बर्ष अघि नेपाल आएको थियो बर्ष पछि नेपाल आएको थियो धेरै दिनको बिदा लिएर आएको थियो नेपालमा केहि गर्न सकिन्छ कि भनेर हप्तामा भाग्यो सकेन उसले यो वाताबरण पचाउन सकोस पनि कसरि होउ एस एल सि पछि अहिले सम्म सबै कुरा देखियो भोगियो अनि पचाईयो पनि Proud To Be A Nepali यो नारा यहा चरितार्थ हुन्छ एकदम गर्वका साथ भन्छु नेपाली हु भनेर बिदेश बसेका मित्रहरुमा देश प्रेमको भावना अलि बढि हुन्छ किनभने वहाहरु देशदेखि टाढा हुनुहुन्छ हरेक मोडमा देशको याद आउछ तर मलाई सोध्नु हुन्छ भने अन्तिममा देशको बारेमा सोच्छु हो मलाई देशको माया लाग्छ तर शायद देशमै बसेर होला देशको बारेमा अन्तिममा सोच्ने गर्दछु छातिमा हात राखेर भन्नुहोस तपाई सबैलाई लाग्ने कुरा पनि यहि हो त्यसैले बिदेश बसेका साथिहरु संग कुरा गर्दा उनीहरको पहिलो प्रश्न नै नेपाल कस्तो भन्ने हुन्छ अनि मेरो जवाफ ROCKING हुन्छ के गर्ने खानु पर्यो लाउनु पर्यो परिवार पाल्नु पर्यो देशको लागी सोचेर बस्यो भने भोकै हुईन्छ , हो यो स्वार्थि कुरा हो आजकल हरेक नेपाली स्वार्थि भएका छन् अब प्रश्न उठ्न सक्छ देश राम्रो भएन यि सबै कुरा भोग गर्न पाईन्छ अरे बाबा यत्रो बर्ष दॆखि देश राम्रो एउटा सिस्टम बसिसक्यो देश चलाउने हुन्छन् कोहि कोहि अर्थतन्त्रको बारेमा ठुला ठुला गफ गर्ने देखि लिएर देशको काया पलट गर्ने सोच राख्ने बगमफुसे हरु त्यत्रो ठुलो गफ गर्नेहरुले केहि केहि गर्लान नि हो देशको लागी आफ्नो बारेमा सोच्छु भन्या तपाईहरु मलाई मतलबि नै भन्नुस तपाई आफ्नो छातिमा हात राखेर भन्नुस के तपाई पनि यस्तै सोच्नु हुन्न बिदेश बसेका साथिहरुलाई यो कुरा मन नपर्ला तर तपाई यहा बस्नु भएको भए तपाई पनि यस्तै सोच्नु हुन्थ्यो भन्या ……

यो यस्तो बिषय हो जसको बारेमा १०० पृष्ठ सम्म लेख्न सक्छु धरोधर्म तर किन भेजा फ्राई गर्नु मेरो जिवनशैलि दिन ढाड घोटेर काम बाँकिको दिनमा एक दिन गित संगीत एक दिन घर परिवार यसरि आफ्नो एक हप्ते योजना बनाउनुस खुशि रहनुहुन्छ

सुदिन पोखरेल
---------------------------------------------------****---------------------------------------------------

यहाँको चलन ।

एउटा भिन्नै शैलिको गित संगीतमा लागेको थुप्रै भएछ यो लामो समयमा नेपाली संगीतको आकास उज्यालोबाट अँध्यारो भएको पनि देखियो कुरो त्यो बेलाको हो जब मित्र गिरिस प्रनिल दाईले मलाई यस्तो छु त्यस्तो छु भन्ने गितमा एक हरफ गाउन लगाए यो मेरो लागी ठुलो अवसर थियो गिरिसलाई बिराटनगरमा भेट्दा उसले मेरो संगीत प्रतिको चाख देखेर सहयोग गर्छु भन्या थियो उसले गर्यो पनि ।् गितमा हरामि छु भन्ने शब्दको प्रयोगले धेरैको दिमाग घुम्यो तर हरामि भनेको युवा पुस्तामा धेरै चलेको शब्द थियो धेरैले बुझेनन् बुझे पनि बुझ पचाए तर युवा पुस्ताले बुझे गाउदै हिडे एलबम बजारमा आउदा सम्म नेपाली र् RAP संसार फस्टाउन थालेको थियो Shez the Bomb , Chyangba Pahilo Maya जस्ता हाम्रा गितलाई सबैले मन पराए फेरि Remix को पक्का बिरोधि राजु दाईको बिशेष अनुरोधमा गरिउको थियो वहाँले खुब सहयोग गर्नु भएको थियो मलाई अमितलाई आसिफलाई पालाको पैंचो तिरेउँ यस्तो छु ताका नेपाली आधुनिक गायन तर्फका अग्रजहरुले आए संस्कृति बिगार्ने गायक भनेर हामिलाई भन्नु भएको मलाई याद थियो एकदमनै ईख लिने मान्छे त्यो संबोधन कहिले पनि बिसर्िन्न पछि जब हाम्रो गितहरु चल्यो वहाँहरुले फोनका फोन लगाउन थाल्नु भयो सुदिन जि यसो RAP गाईदिनु पर्यो वहाँहरुको नजरमा RAP संगीत खालि ठाउँ भर्न लाई हो हाँस पनि उठ्यो मेलै वहाँहरुको अनुरोधलाई ठाडौ अस्विकार गरे भने RAP एउटा भिन्ने शैलिको संगीत हो खालि ठाउँ भर्ने माध्यम होईन अप्ठेरो थियो यो माहोल किन भने नेपालमा तिन ताका REMIX का REMIX गितहरु बन्न थालेका थिए तर हामिले सबै अनुरोधहरुलाई वास्ता गरेनौ अर्को एलबमको तैयारिमा लाग्यो पहिलो माया भन्ने गितको सफलता पछि आसिफ पुर्ण रुपमा युनिटि संग आबद्ध थियो अनि आसिफले एलबमको नाम अगाडि ल्यायो ब्याकरण अफ र्याप वाह भन्यौ मैले अमितले किनभने केहि अरौटे भरौटेहरुलाई सम्झाउनु थियो र्याप भनेको के हो भनेर नेपाली शब्दमा र्याप कसरि लेख्ने गाउने भनेर साँच्चै भन्ने हो भने हाम्रो प्रयोग चल्यो त्यसपछि फोन आउन छाड्यो केहि हद सम्म हामि Success भयौं जस्तो लाग्यो सबै गितलाई दर्शश श्रोताहरुले मन पराईदिनु भयो चुनौति झन थपियो चलचित्रमा गित बनाउने अनुरोधहरु आयो सिमोस सुनुवारको चलचित्र मिशन पैसाको साउण्ड ट्रयाक बनाउदा साहै मज्जा आयो गित चल्यो तर नेपाली चलचित्र क्षेत्रका केहि निर्देशकहरुको मनमा पनि ठुलो भ्रम रहेछ खालि ठाउँ भर्नुस भन्ने अनुरोध लिएर आउनु भयो वहाँहरुलाई पनि र्याप को अर्थ सम्झाउन सफल भयौं हामि

अब अहिले नयाँ एलबम बनाउने सुरमा छौं हामि ब्याकरण भाग तर म्युजिक ईन्डस्ट्रिको अवस्था देख्दा अलि समय लागेको हो खत्तम अब जुन देशमा संगीतीक अवार्डमा गायकहरुले एस एम एस को भरमा अवार्ड जित्छन् जसको धेरै एस एम एस त्यो सर्वोत्कृष्ठ गायक त्यो देशको म्युजिक ईन्डस्ट्रिको हालत के होला आफै अनुमान गरौं ब्याकरण भाग का प्राय सबै गितको भिडियो हामिले आफ्नै पैसाले गरेउँ पैसा कहाँ बाट ल्यायौं पैसा कन्सर्ट गरेर जम्मा गर्दै गरेउ्रँ अब यो कुरा कसले बुझ्ने फेरि यो एल्बम हिट फ्लप भन्ने ANALYST हरुको भिडछ नेपालमा , भन्छु के का आधारमा वहाँहरु यो बिशलेषण गर्नु हुन्छ , म्युजिकमा पि एच डि को नेपालमा देखाउनुस मलाई अहिले नेपालमा जो संग खल्तिमा पैसा जो अलि अलि गित गाउन सक्छ त्यसको एलबम हिट पनि हुन्छ त्यसले अवार्ड पनि जित्छ तितो सत्य

हाम्रो एलबम बन्दैछ समसामयिक बिषयमा केन्द्रित हाम्रँे नया प्रस्तुति सर्बप्रथम ब्याकरण को अभियुक्त भन्ने गितको भिडियो बनाउदैछौं हो ढियो भयो एल्बम गर्न तर ढिलै भएपनि केहि नयाँ हुनेछ

प्रतिक्षु गर्नुहोला

सुदिन
---------------------------------------------------****---------------------------------------------------

खै के भनु ।

आज हरितालिका तिज समस्त दिदि बहिनिहरुमा तिजको शुभकामना
तर आज तिजको कुरा गर्दिन अरु कुरै गर्छु

५३ ५४ साल देखि नेपाली गित संगीतमा लागियो प्रत्यक्ष रुपमा सुगम संग मिलेर त्यो थियो बेला पछि गिरिश प्रनिल दाईले मलँई अवसर दिएर नेपाली र्याप तिर प्रवेश गरें राम्रै अवसर दिएका हुन् पहिलो गितनै चल्यो चल्यो के भन्नु धमाकानै भयो त्यो बेलाको समय भिन्नै थियो फस्टाएको थियो नेपाली सांगीतिक संसार गायक कलाकारहरुले पनि राम्रै कामाउथे कम्पनिहरुले पनि राम्रै ब्यापार गर्थे पाईरेसि थियो तर अहिलेको जस्तो थिएन तर भए पनि फरक पर्दैन थियो किनभने देशको अवस्था राम्रो थियो सांगीतिक कार्यक्रमहरु थुप्रै हुन्थे सम्झन्छु हाम्रो She's The Bomb च्याङ्ग्बा , आँखाभरि , पहिलो माया भन्नै गितहरु प्रख्यात भएको बेला महिनामा वटा सांगीतिक कार्यक्रमहरु गरिन्थ्यो धेरै पहिले पनि होईन भन्या बर्ष अगाडिको कुरा तर देशको राजनितिक खिचातानिले कसरि सबै क्षेत्रलाई असर गर्छ भन्ने जलन्त उदाहरण अहिले देख्न सकिन्छ चलेका कालाकारहरुलाई त्यो बेला भ्याई नभ्याई थियो राजधानिमा यति धेरै कार्यक्रम हुन्थ्यो के भन्ने तर अहिले खै कार्यक्रमहरु खै रात्रि जिवन रात्रि जिवन ठप्प नै भयो रात्रि जिवन हुनुपर्छ भन्ने सोच राख्ने मान्छे हुँ अब किन छैन भन्दा सुरक्षा छैन त्यसैले सुरक्षा दिने कसले सरकारले तर सरकारको कुरा गर्ने हो भने भो नगरौं होला कति गालि गर्ने कुकुरको पुच्छर बान्गोको बान्गो यो कुराहरु किन गरिरहेको छु भने श्रोताहरु म्ाझ नयाँ एल्बम पस्कने तैयारिमा लागेको बेलमा यो सोच आएको हो हुनत मेरो संगीत एउटा पेशा नै हो तर यो मौसमे खेति झै दशै तिहार नयाँ बर्षमा सम्झन्छन् आयोजकहरुले तर उनीहरुको पनि आफ्नै बिडम्बना केहि दिन अघि एकजाना आयोजक संग कुरा भएको थियो मेरो उसले आफ्नो पिडा सुनायो सुदिन जि अब प्रायोजकहरु नै मान्दैनन् कार्यक्रम गर्न अनि कलाकारहरुलाई उनीहरुको पारिश्रमिक नदिई पठाउन नराम्रो लाग्छ कुनै बेला राजधानिमा थुप्रै कार्यक्रम गथ्र्यो अहिले अर्कै ब्यापारमा ब्यस्त राम्रै गरिरहेको तर यो संगीतको नशा यस्तो हुदो रहेछ कि के भन्ने

यि सबैको गाँठो जोडिएको ओह्ालो लागेको नेपाली राजनिति संग केहि दिन अघि खेलकुद समाचारको पालो कुर्दा नेपालको बर्तमान अवस्थाको समाचारले झन दिक्क पार्यो नेपाल बिश्व बरियतामा पछाडिबाट १० औं स्थानमा अब हामि सोचौ हामि कता छैंा भनेर हरेदिक्क लाग्छ त्यहि पनि पापि पेटको सवाल काम गर्नै पर्यो राम्रँे लाउनै पर्यो खानै पर्यो खुशि हुनै पर्यो आफ्नै देशमा बसेर अब के लेखौं यो राजनिति समसामयिक कुरा रबर जस्तो जति तन्कायो त्यति तन्काउन मिल्ने भनौं हिन्दि सिरियल जस्तो घरमा आमाले हेरेको देख्छु कहानि जाहाँको त्यहि हुन्छ तन्काको तन्कै

अब लागियो समाचार पढ्न
सुदिन
---------------------------------------------------****---------------------------------------------------

जय गणेश

भदौ २२ गते मंगलबार
जय गणेश


लामो अन्तराल पछि तपाईहरु समक्ष उपस्थित भएको छु । लामै भएछ तपाईहरुको प्रतिक्षा र मेरो जाँगर । यो बिचमा मेरो जिन्दगीले ठुलो फड्को मार्यो । एकदमै ठुलो फड्को भनिन्छ जिवनको यात्रामा कहिले काहि सोच्दै नसोचेको कुरा हुन्छ अथवा यो गर्छु भन्ने सोच्दा सोच्दै त्यो कर्म गरिहाल्नु पर्ने अवस्था । आफ्ना सुभचिन्तकहरुमा लुकाएर राखेको एउटा चिज अचानक सार्वजनिक भयो । यो ब्लग शुरु गरेको धेरै समय अघि देखि यो लेखक प्रेममा चुर्लुप्पे डुबेको थियो हा हा एउटा ढुन्गा सरह भएको मुटु पगालिनु भनेको ठुलै कुरो हो नि कि कसो अब पग्लीयो । बैश्ँख १६ गते पछि आज तपाईहरुलाई केहि नयाँ चिज पस्कने जमर्को गरिरा छु हेरौं केहि नयाँ निस्कन्छ कि नाई । आज भदौ २२ गते । बाफरे बाफ लामै समय भएछ तर यो लामो समयमा मेरो जिन्दगी पुर्ण रुपमा फेरियो । अचानक बिवाह सुत्रमा बाँधिनु ने ठुलो फड्को हो । ४ बर्षको अन्तरालमा हुने बिश्वकप फुटबलमा स्पेनले कब्जा जमाउदा मेरो जिन्दगिले नया फड्को मार्या थियो अब कम यादगार रहयो त यो क्षण मेरो लागी । देशमा प्रधानमन्त्रिको राजिनामा देखि नयाँ प्रधानमन्त्रि छान्ने नाटक माचन भैरहेको बेला मैले धेरै समयको लागी देशका नेताहरुलाई गालि गर्न समेत बिसर्िएको थिएँ । आज यसो आफ्नो ब्लग खोलेर हेर्दा केहि लेख्न मन लाग्यो । अब मेरो गित संगीत मनपराउने श्रोता वर्गमा मेरो सांगीतिक समुह THE UNITY ले नयाँ एल्बल चाँडो भन्दा चाँडो पस्कदैछ । माया बाहेक समसामयिक बिषयलाई केन्द्रबिन्दुमा राखेर हामि यसपालिको एल्बम श्रोता माझ राख्ने प्रयासमा छौं । AIDRAY , ASIF उत्तिकै उत्साहित छन् । काम अर्को साताबाट शुरु गर्दैछौं ।

आजबाट यो पृष्ण सधै भर्ने बाचाका साथ बिदा माग्दछृु । अब केहि बेरमा सामाचार बाचनमा जानुछ । यो बुधबार राति ९ बजे आउने स्कोरबोर्ड हेर्न नभुल्नु होला । हप्तामा एक दिन खेलकुदका गतिविधि हरे मन चन्गा हुन्छ अरे ।


सुदिन ।
---------------------------------------------------****---------------------------------------------------

mero desh

बैशाख १६ गते

देश नयाँ परिवर्तन तर्फ अग्रसर भैरहेको उदघोष माओबादिले गरिरहेको यो उद्घोषमा के स्वार्थ लुकेको होला त्यो शायद अब कुनै पनि दुधे बालकले पनि गर्न सक्छ होला सत्ता प्राप्तिको लागी नयाँ खेल परिवर्तनको नाममा गरिएको नयाँ बाहाना होला माओबादि तेस्रो जन आन्दोलनको तैयारिमा अहिले काठमाण्डौमा माओबादि कार्यकर्ताहरुको भिड चोक चोक गल्लि गल्लिमा लाग्छ कुनै सानो मेला लागेको माओबादि अध्यक्ष प्रचण्डले काठमाण्डौमा जनसागर उर्लाएर सिह झै गर्जिने स्यालहरुलाई लखेट्ने क्रुुुरा बताउनुु भयो , वहाँले स्याल भनेर पक्कै पनि अन्य दलका नेताहरुलाई भन्नु भएको होला माओबादिको बिरोधि होईन बाँच्न हिँड्न खानको लागी वातावरण बिगार्नेहरुको बिरोधि हुँ किनभने काम गरेर खाने मान्छे , अब यो आन्दोलनले देशलाई कता लम्क्याउँछ त्यो केहि दिनमै थाहा हुनेछ ,, तर एउटा कुरा प्रष्ट जुन सबैलाई थाहा केहि हुने वाला होईन …… कसैले केहि गर्ने होईनन् सबै बर्ग जाति समुदायका सोझा साझा जनतालाई उचालेर केहि फलिफाप हुदैन यो कुरा उकास्ने पार्टिका ठुला बडालाई पनि थाहा थाहा भै भै वहाँहरु यो खेल खेल्दै हुुनुुहुन्छ किन किनभने वाहाँहरु राजनितिको घिनैाना खेल खेल्दै हुुनुुहन्छ

मेरो घर बिराटनगर मेरा धेरै साथिहरु फोरम अथवा तराईतिरका मधेशी पार्टिको सदस्यहरु छन् घर जाँदा उनीहरु सग भेट हून्छ रमाईलो हुन्छ अनि मैले सोधे किन फोरमको सदस्य भएको यार उसले भन्यो हामि हेपियौ हामिलाई सुविधाबाट बन्चित गरियो मेले उसले बोकेको आई फोन अन्य नयाँ ग्याजेटहरु देखे उसले आफुलाई हेपिएको सुबिधाबाट बन्चित भएको कुरा उठाएको थियो तर संंग ति सबै सेवा सुविधाका बस्तुहरु थियो अनि मनमनै हाँसे भने वाह राजनिति त्यसै उचालिएको क्ररा प्रस्ट हुन्छ मैले भनेको करा साधारण हुन सक्छ तर यस्तै होला

मैले केहि समय अगाडि jungle एउटा कथा भनेको थिएँ जाहाँ एउटा िसंहले एउटा बाखा्रको पाठिलाई भेटेर दिर्घजिवि भव भन्ने आशिर्वाद दिएको हुन्छ त्यो बाख्राको पाठिले आमालाई सोध्छे आज सिहले हामिलाई किन नखाएको बाख्राको आमाले हाँसेर जवाफ दिन्छे शायद jungle ;गलमा चुनाव आउने वाला

हामि सतर्क भयौं भने मात्र पुग्छ कसैको पछि नलागेर आफु आफ्नो घर परिवार टोल छिमेकको बारेमा मात्र सोचे देश त्यसै अगाडि बढ्छ

सुदिन
---------------------------------------------------****---------------------------------------------------

NEW YEAR - 2067

बैशाख १ गते २०६७ साल

लाग्यो आजबाट २०६७

बित्यो भयानक २००६६ ।

आशा गरौ यो बर्षमा दॆशले ठुलै कोल्टे फेर्ने छ

हरेक नेपालीहरुको भागमा धेरै कुरा पर्नेछ ।

शायद २०६५ साल सकिदा पनि हामि सबैले यस्तै केहि सोचेका थियौं होला २०६६ सालमा नेपालले ठुलै कोल्टे फेर्नेछ भनेर . तर त्यो भएन र यो बर्ष पनि त्यस्तै होला भन्ने मा कसैको दुईु मत न होला । हिजोको बर्ष सम्झीदा डर लाग्य साँच्चैनै डर लाग्छ । नेपाली राजनितिको घिनलाग्दो क्ररा त के गर्नु , त्यो संसारनै त्यस्तै हो संसारमै त्यस्तो हुनुछ तर हाम्रो र अन्य देशको तुलना गर्दा हाम्रो मा घिन्लाग्दो खेल हुन्छ जुन त्यहाँ हुदैन । २०६६ सालमा पुर्व मेचि देखि पश्चिम माहाकालि सम्म कतै शान्त रहेन खै कसले सरापेको होला यो देशलाई मान्छे मार्ने बन्द हडताल त सामान्य नै भैसक्यो एक किसिमले कुरा गर्ने हो भने हाम्रो दिन चर्या हरेक क्षेत्र त्रसित छ आजकल ।

आशा गरौ यो बर्ष त्यसो नहोस् देशले हरेक क्षेत्रमा प्रगति गरोस नेपालीहरुको घरमा खुशियालि छाओस ।

बत्ति पानि बिना अस्तब्यस्त मेरो देश

टुकि्रने भत्त्किने सोचमा रहेको मेरो देश

छिमेकि शक्तिशालि देशहरुको टुुँडि खेल बनेको मेरो देश

नलागोस् कसैको आँखा यसलाई , नलडुन अब फेरि दाजु भाई

यहि छ मेरो प्रार्थना नव बर्षको सबैलाई ।

सुदिन ।
---------------------------------------------------****---------------------------------------------------
चौत्र ११ गते

आज धेरै पछि केहि लेख्ने सुर चल्यो यो सुर भन्ने चिज पनि अचम्मको हुदो रहेछ लेख्न बस्दा दिमागमा केहि चल्नै पर्ने दिमाग यता उता गयो कि केहि पनि नफुर्ने । एक हप्ते दुबै भ्रमण पछि फेरि आफ्नो दैनिकिमा फर्किएकेा छु । दुबैको भ्रमण रमाईलो भयो कार्यक्रम गर्न जाँदा जोश नै अर्कै हुन्छ । फेरि आजकल हरेक मुलुक जाँदा हाम्रा दाजुभाईहरुलाई भेटिन्छ दुबै र आबुधाबिमा नदेख्ने त कुरै भएन मेहेनत गर्न गएका हाम्रा कर्मठ नेपाली दाजुभाईहरु सबैको जिवनस्तर आफ्नै आफ्नै किसिमको कोहि ठुला बडा कोहि तल्लो स्तरको काम गर्ने तर सबै जोश र जाँगरका साथ काम गर्ने । म आसिफ अमित र डि जे रुपेशले खुब नचायौं । दुबैका अभिशेस आशिर्वाद रोसन शंकर पंकजहरुलाई म धन्यबाद दिन चाहन्छु उनीहरुकै मेहेनत थियो । अनि रमेश दाईको ठट्यौलि समग्रमा रामाईलो भयो ।

तर नेपाल आउदा मन खिन्न थियो खिन्न हुनु स्वभाविक नै थियो । दुबै जस्तो मनोरम शहर छाडेर आउनु परेकोमा मन खिन्न होईन् पुरै देश शोकमग्न थियो । नेपाली राजनितिका माहा नयाक गिरिजा बाबुको निधनले मेरो मन पनि खिन्न हुनु स्वभाविक थियो । सुनसान काठमाण्डौ घर गएर कान्तिपुर हेर्दा दशरथ रंगशालामा गिरिजा बाबुलाई अन्तिम श्रद्धान्जलि दिन आएको मानव सागर देखेर लाग्यो साँच्चैनै गिरिजा बाबु माहा नायक हुन भनेर । चोक चोकमा वहाँलाई श्रद्धान्जलि दिन के बुढा के युवक सबै बर्गका ब्यक्तिहरुको उपास्थिति ।

मनमा एक किसिमको डर थियो अब देश कतातिर लम्किन्छ भन्ने डर । राजनितिक खिचातानि चलिरहेको बेला , संबिधान लेख्ने नखेख्ने भनेर अन्यौलमा परेको बेला गिरिजा बाबुले सबैलाई छाडृेृर जानुभयो . अब के गर्लान हाम्रँ देश हाँक्ने भनेर ढिन्ढोरा पिट्दै हिड्ने हाम्रा नेताहरु संकटमा छ मेरो देश यो डर पलायो अब अचानक डर बढ्ने क्रम जारि नै छ अब झन मुलुक अन्धकार तिर लम्किन्छ भन्ने डरले पिरोलेको छ मेरो देशको भविष्य संग मेरो लगायत सम्पुर्ण नेपालीहरुको भविष्य जोडिएको छ । यो ३० बषृ्रे ज्यानले सबै कुरुा भोगेको छ २०४५ सालको जन आन्दोलन ु पनि हेरियो राजा बिरेन्द्रको बंश नाश हुनेगरि भएको हत्योको समयमा पनि भोगियो माओवादि जनयुद्ध पनि देखियो भने यो शरिरले १४ घण्टाको लोडसेिड¨को मार पनि भोगिसकेको छ । अब के को डर भन्ने प्रश्न उठ्न पनि सक्छ तर यो डर भिन्ने डर हो अब त पुरै मुलुकको भविष्यको डर हो ।

अब के हुन्छ केहि भयो भने के गर्ने होला

सुदिन ।
---------------------------------------------------****---------------------------------------------------

Nepal Beat The AMERICANS

फाल्गुन १७ गते ।

आज धेरै पछि पाना भर्न मन लाग्यो किनभने बिगत केहि दिन देखि दिमागमा केहि पनि फुरेको थिएन । प्राय सबै दिन कि्रकेटको रिपोर्टि¨ मै ब्यस्त भईयो । होलि खेलेर आज अलि फुस्रदमा छु ।

नेपालले अमेरिकालाई हरायो । यो समाचार हाम्रो लागी एकदम ठुलो समाचार हो । किन भने संसारको सबैभन्दा शक्तिशालि मुलुकलाई हामिले पराजित गर्नु भनेको ठुलो समाचार हो । हुन त कि्रकेट खेल अमेरिकामा धेरै अघि देखि खेल्न शुरु गरिएको हो तर अमेरिकि हरुले बेसबललाई प्रख्यात बनाए त्यो तिनिहरुको समास्या हो । कि्रकेटमा चाख राख्नेहरुले अमेरिकाले कि्रकेट खेल्छ भनेर सुन्दा छक्क परेका थिए धेरैले त मलाई बेसबल जस्तै खेल्बनक होला है भनेर पनि सोधेका थिए । अमेरिका संगको फाईनल हेर्न करिब २० हजार दर्शकहरु किर्तिपुर मैदानमा थिए २० हजार त्यो पनि कि्रकेटमा वाह नेपालमा खेल्न आउने कुनै पनि देशको आधा मनोबल दर्शकहरुले गिराईदिन्छन् । किन भने नेपाल खेल्न आउने देशमा कि्रकेट म्याच भयो भने औंलामा गन्न मिल्ने दर्शकहरु मैदानमा हुन्छन् । तर यसपालि अमेरिकि टोलि पुरा तैयारिका साथ थियोृ । अन्तिम लिग खेलमा १५ हजार दर्शहरुको उपस्थिति थियो । अमेरिकाले नेपाललाई मज्जाले हराई दियो । भाग्यवश नेपाल फाईनलमा प्रवेश गर्यो । तर यसपालि नेपाल तैयार थियो नेपालको ऐतिहासिक जितको साक्षि बन्यो २० हजार दर्शक । पहिलो पटक नेपालले कुनै प्रतियोगीतामा प्रवेश पायो । डिभिजन फोरमा प्रवेश गर्यो नेपाल ।

तर अमेरिकि टोलिले जाँदा जाँदै नेपाली खेलाडीहरुलाई गुन लगाएर गएका छन् । अमेरिका बिश्वकै धनि राष्ट्र त्यहाँ खेलकुदमा पैसाको खोला बग्छ खेलाडीको प्रशिक्षँण देखि लिएर उसको सबै सामागि्रको ब्यवस्थामा समेत पैसाको खोला बग्छ । यसपालि अमेरिकि खेलाडीहरुले आफ्नो सम्पुर्ण खेल सामाग्रीहरु नेपाली खेलाडीहरुलाई उपाहार स्वरुप प्रदान गरेर गए । यो ठुलो कुरा हो किनभने हाम्रा खेलाडीहरु निकै मेहेनेति छन् तर नेपाल सरकारले केहि गर्न सक्या छैन अब नेपाल सरकारको ब्यवस्थापन तिर नजाउँ होला त्यो जगजाहेर नै छ । खेलकुदमा पैसा खर्च भन्ने कुरा यो त …॥ के भन्ने मैले ।

जे होस शिर ठाडो बनाए हाम्रँ खेलाडीहरुले हामिले अमेरिकालाई पराजित गर्न सक्ने खेल एउटै हो त्यो हो कि्रकेट । नेपाली खेलाडीहरु लाई मेरो तर्फबाट धेरै धेरै बधाई ।

सुदिन ।
---------------------------------------------------****---------------------------------------------------

जम्काभेट

फाल्गुन गते बिहिबार

खेलकुद पत्रकारिता गरेको लगभग बर्ष भैसक्दा धेरै बिस्रनै जम्काभेट भएका छन् यस्ता जम्काभेटले आफुलाई खेलकुद पत्रकार भएकोमा गर्वान्वित महशुस गर्दछु आज पनि यस्तै भयो शनिबारबाट काठमाण्डौमा शुरु हुने अँई सि सि डिभिजन फाईभ कि्रकेट पत्रकारिताको बारेमा रिपोर्टि¨ गर्न आज सोल्टि होटन पुगेको थिएँ रिपोर्टि¨ गरेर बाहिर निस्कदा मेरो साथि क्यामराम्यान योपेशले चिच्याउँदै एकजाना खेलाडीको नाम लियो ति खेलाडी थिए श्रीलंकाका पुर्व कप्तान निकैनै भरपर्दा ब्याट्स्म्यान मार्भन अट्टपट्टू तिनलाई आफ्नो अगाडि देख्दा जिउनै सििर¨ भयो किनभने उनको स्टाईलको पनि प्रसंसक हुँ उनी त्यहाँ अलि ब्यस्त थिए मौकाको फाईदा उठाउदै उनी नजिक गएर हात मिलाए आफ्नो परिचय दिएँ अन्तरवार्ताको लागाी कुरा गरे उनले मलाई मिनेट पछि भेर कुराए कुरें उनी आए उनी संग कान्तिपुर टिभिको लागी कुराकानि गरे त्यसपछि दंग परे निकैनै दंग एकजाना कि्रकेटका मेहेनेति खेलाडी संगको भेट कुराकानि पनि मैले बिश्वस्तरिय खेलाडीहरु संग धेरै पटक जम्का भेट गरेको छु कि्रकेटकै सिलसिलामा काठमाण्डौमै भारतका कुनैबेलाका राम्रँे अल राउण्डर रबिन िसंह पाकिस्तानका पुर्व खेलाडीहरु ईजाज एहेमद ईक्बाल सिकन्दर सबैभन्दा मिठो अनुभव भयो श्रीलंकाकै पुर्व फास्ट बलर रुमेश रत्नायके संगको भलाकुसारि आज भन्दा बर्ष अगाडि उनको मैले अन्तरवार्ता लिएको थिएँ उनलाई केहि महिना अघि शारजाहा रंगशालामा भॆट्दा उनले मेरो नाम याद गरिरहेका रहेछन् खुशि लाग्छ

त्यस्तै रामईलो अनुभव थियो भारतका पुर्व लिटल मास्टर सुनिल गावास्कर संगको भेट दंग परेको थिएँ गावास्करलाई भेट्दा उनी संग खिचाएको फोटो मैले ठुलो बनाएर घरको भित्तामा समेत राख्या छु

एउटा रमाईलो कुरा सुनाउछु एकपटक मलाई मेरो एकजाना साथिले फोन गर्यो उसले मलाई सोध्यो सुदिन ग्रेग नोर्मन भनेको मान्छे को हो यार मैले किन भनेर सोधें उसले त्यो बुढा काम गर्ने होटलमा बस्या यार मेरो खुट्टा काम्यो मैले उसलाई उल्टो प्रश्न गरें अमिताब बच्चन भन्या को हो उसले भन्यो अरे यार सुपरस्टार अनि मैले उसलाई भने नोर्मन खेलकुदका सुपर स्टार हुन् गल्फका माहान खेलाडी उसले मलाई नोर्मनलाई भेटाईदियो नर्मनलाई भेट्ने मौका पाएँ उनले मलाई गल्फको बलमा अटोग्राफ समेत दिए सम्हालेर राख्या छु त्यो बल मैले

यस्तै केहि महिना अघि यु गएको थिएँ टि ट्वेन्टि कि्रकेटको समाचार संकलन गर्न नेपाली कि्रकेट टोलि संग शारजाह कि्रकेट मैदानमा प्रवेश गर्दा मेरो मुटुको गति तेज भएको थियो किनभने शारजाह कुनै बेला कि्रकेटको लागी निकैनै प्रख्यात थियो मैले बाल्यकालमा दुरदर्शनमा शारजाहमा भएका खेलहरु खुब हेरेको थिएँ मलाई अझै पनि याद भारत पाकिस्तानको खेल हेर्न एकटपट त्याहाँ दाउद ईब्राहिम समेत पुगेका थिए रंगशालाको मैदान जस्ताको त्यस्तै रहेछ तर भैातिक पुर्वाधारहरु जिर्ण अवस्थामा त्यहाँ मैले मोहोम्मद भाईलाई भेटे लगभग ५५ नाघिसकेका मोहोम्मद भाई बिगत ३० बर्ष देखि त्यो मैदानका क्युरेटर भएर काम गरिरहेका छन् उनले त्यो मैदानको तिता मिठा अनुभवहरु सुनाएका थिए मैले पनि दाउद बसेको सिटमा बसेर फोटो खिचाएँ

यि सबै अहिले सम्मका मेरा बिस्रन नसक्ने जम्काभेटहरु हुन्
सुदिन
---------------------------------------------------****---------------------------------------------------

बिन्दास धरान र धराने मित्रहरु ।

फाल्गुन ५ गते बिहिबार ।

धरान यो ठाउँको नाम सुन्न साथ आनन्द आउँछ । सफा ठाउँ र बिन्दास धरानबासिहरु । बिराटनगर बस्दा हप्तामा एक पटक धरान गईन्थ्यो गरमि ठाउँ धरान भन्दा ठाडो उकालो लाग्यो भने भेडेटार पुगिन्थ्यो अत्यन्त मनोरम ठाउँ चिसो ठाउँ । भेडेटारबाट तल झर्यो कि ए सि कोठाबाट बाहिर निस्क्या जस्तो लाग्ने । आफु पढ्या स्कुलमा पनि छात्रबासमा बस्ने धेरै धराने साथिहरु थिए । सबैभन्दा आनन्द लाग्ने धराने बोलिचालि पहिलो पहिलो त त्यति सारौ थिएन तर बिगत ४ । ५ बर्ष यता धराने मित्रहरुले धेरै नयाँ शब्दहरुको उचारण गर्न थाल्नु भएछ ।

२ बर्ष अघिको भ्यालेन्टाईन डे मा हाम्रो धरानमा कन्सर्ट थियो धरानका रिकभरिका साथिहरुले गरेको कन्सर्ट । धेरै पछि धरान जाने अवसर पाएको थिएँ धरान पुग्ना साथ सुनेका पहिलो शब्द आँच सुदिन ब्रो यहाँ कसैले गिदि गर्दैन है तपाईहरुलाई चिन्ता नलिनुस गिदि भनेको कसैले कुरा गरेर दिमाग खानु । । गिदि प्राय धराने युवा युवतिको मुखमा झुण्डीने शब्द हो । केहि गर्यो कि ब्रो गिदि नगरु है भनि हाल्ने । लेग्रो तानेर बोल्ने बानि यसपालि पनि मज्जा आयो दिउसो ३ बजे धरान पुग्यौं । धरान पुग्नु भन्दा अलि ओर तरहरा भन्ने ठाउँ छ तरहराको सेकुवा एकदम चर्चित त्यहाँ सेकुवा खादै हामि धरान पुग्यांै । कति सफा छ धरान एकदम सफा हरेक धरानबासिले आफ्नो टोललाई सफा राख्ने बानिनै बसाएका । कार्यक्रम ७ बजे शुरु भयो धरानको निर्भाना कन्ट्रि क्लबमा भएको हाम्रो कार्यक्रम हेर्न करिब २ हजार युवा युवतिहरु जम्मा भएका थिए । भ्यालेन्टाईन डे को दिन हामिले गाएको पहिलो माया भन्ने गित धरानेहरुले खुब मनपराए अरु गितहरु गाएर हामिले खुब नचायौं धरानलाई । कार्यक्रम राति २ बजे सकियो र हामि सबै होटल तिर लाग्यौं अनि होटलको रुममा रमाईलो भयो धराने मित्रहरुको बोलिचालि र उनीहरुको दिनचर्या सुनेर उनीहरुे आफ्नो कथा सुनाउदा बिच बिचमा सुदिन ब्रो स्याल्याक्क भाको हो भनेर सोध्थे स्याल्याक्क भनेको थाकेको हो । हा हा सुत्दा त ४ बज्यो । भोलिपल्ट १० बजे हामि बरालियौं बिराटनगर तर्फ एक पटक आफु हुर्किएको शहर पस्ने मन थियो र आसिफलाई पनि बिराटनगर खुब मनपर्छ अमितलाई भोक लागेकोले बिराटनगरको चर्चित कालि मिस्टानमा लस्सि खादै हामि बजार तिर लाग्यो । आसिफले अलि किनमेल गर्यो म र अमित यता उता चक्कर लगाउन थाल्यौं । जम्मा ३० मिनेट बस्न पाएँ बिराटनगर । अर्क्रै आनन्द आउँछ बिराटनगर पुग्दा । त्यहाँको हरेक ठाउँमा केहि न केहि पुराना यादहरु छन् आसिफ र अमितलाई चाचाको चिया ख्वाउने खुब मन थियो तर समय पर्याप्त नभएर भ्याईएन आफ्नो टोलमा पनि जान पाईन नराम्रो लाग्यो । शान्त सुन्दर सफा ठाउँलाई छाडेर लागियो राजधानि तर्फ नियमित कार्यमा ब्यस्त हुन ।

सुदिन ।
---------------------------------------------------****---------------------------------------------------

Hindi film and me

माघ २८ , बिहिबार

भोलि शुक्रबार , यो बारको नामले मेरो शरिरमा अलि बढि स्फुर्ति दिन्छ, किनभने यो दिन मेरो बिदा , काम गर्दाको स्फुर्ति र यो स्फुर्तिमा अलि फरक छ , काम गर्दा अलि गम्भिरता पुर्वक शरिर स्फर्त हुन्छ भने शुक्रबारले अर्कै स्फुर्त दिन्छ , किन भने यो दिन म जसरि पनि कुनै न कुनै हिन्दि चलचित्र हेर्छु । अब हिन्दि चलचित्र किन भन्दा जयनेपाल र कुमारिमा प्राय हिन्दि चलचित्र नै लाग्छ । म स्फुर्तको कुरा गर्दै्र थिएँ । शुक्रबार घरमा आमाले कम्तिमा १० पटक ढोका न ढक्ढक्याउन्जेल म उठ्दिन निकैनै अल्छि हुन्छु । ९ बजे आँखा मिच्दै कोठाबाट बाहिर निस्कदा घरमा बुवा अफिस जान तैयार भएको देख्छु । अल्छि मान्दै फ्रेश भएर केहि बेर पत्रपत्रिका पढ्दै खाना खान बसिहाल्छु । त्यसपछि तुरुन्त आसिफलाई फोन गर्छु यो , फिल्मि फिभर म र आसिफमा उस्तै छ , केहि साता अघि थि्र ईडियट्स हेर्न जय नेपाल पुग्दा , आसिफले टिकट बुक नगर्दा म एक्दम रिसाएँ , मैले आसिफलाई " भाई म संग सबै कुरामा मजाक गर तर फिल्म हेर्दा नगर मलाई एकदम रिस उठ्छ " आसिफले जसो तसो गरेर टिक मिलायो म दन्ग । आसिफलाई फोन गरेर टिकट बुक गरेपछि म योपेशलाई फोन गर्छु , योपेश अर्को मिल्ने साथि हामि सन्गै काम , गर्छै नेपालको एक उत्कृष्ठ न्युज क्यमेराम्यान , खेलकुदमा अलि दखल भएको । अनि तिनजामा फिल्म हेर्दा छेउछाउका मान्छेले समेत मनोराजन लिन्छन् हाम्रो फिल्मको डायलग पछिको फिडब्याक । शुक्रबार भयो कि बेलुकाको शो फिल्म नहेरि चित्त बुझ्दैन । हिन्दि फिल्मको भुत ममा बाल्यकाल देखिनै लाग्यो । बिराटनगरमा हुर्किदा फिल्मि वातावरणमै हुर्किएँ । घर छेउका दाई काकाहरु सबै फिल्मी मेरो काका त बिराटनगर भन्दा धेरै पर फार्िर्वसगाज कटिकार सम्म गएर फिल्म हेर्नुहुन्थ्यो । काकाले कहिले काहि काहानि सुनाउनु हुन्छ । फिल्मकै भुतले गर्दा मेरो बोलिचालिमा कहिले काहि हिन्दि फिल्मको शब्दहरु आउँछ अनि आसिफले पनि अबे बिराटनगरिया भनेर जिस्क्याउछ । म कक्षा ३ । ४ मा पढदा न्याश्नल पानासोनि स्टिरियो प्लेयरमा अमिताब बच्चनको फिल्मको डायलग भएको क्यासेट काकाले खुब सुनाउनुहुन्थ्यो । भारतको चर्चित फिल्म शोलेको डायलग मैले खुब सुनेको थिएँ झन मिठुन चकरबत्तिको फिल्म डिस्को डान्सरको गित त कन्ठै थियो बाल्यकालमा । बिराटनगरको जलजला हिमालय हलमा फिल्म बद्लिन साथ हेर्न गैहाल्थे कहिले काहि त जोगबनि बोर्डर छेउको अरुण टाकिजमा पनि खुब फिल्म हेरियो । एक पटक मलाई याद छ मामाको साईकल लिएर म र मेरो साथि हिमान्शु जोगबनि फिल्म हेर्न गयौं फिल्म थियो आतिस सन्जय दत्त र आदित्य पन्चलिको हामि संग फिल्म हेर्ने ठ्याक्क पैसा थियो र खाजा खाने पैसा जोगबनिको जिलेबि खुब मनपथ्र्यो । डबल लोड जाँदै थियौं बिचमा गएर साईकल पन्चर भयो अब आपत फिल्म पनि हेर्नु छ जिलेबि पनि खानु छ लोभि मन बाटोमा साईकलमा हावा हाल्दै हाल्दै पन्चर नबनाएर फिल्म पनि हेरेउँ जिलेबि पनि खायौं अनि फर्किदा बिच बाटो सम्म हावा हाल्दै अनि बाँकिको बाटो हिन्दै । फेरि एउटा प्रस¨ बाँड्न मन लाग्यो । कक्षा ५ मा पढ्दा घरमा त्यतिबेला डेक भाडामा ल्याएर फिल्म हेर्दै थियौै एउटा सस्पेन्स फिल्म थियो त्यो फिल्मा एकजाना पात्रले गोलि हानि हत्या गर्छ तर त्यो पात्रको खालि ओठ र उसको जु¨ा देखाउछ मैले त्यो हेर्न त्यो पात्रलाई चिनिदिएँ अन्तिममा मैले भन्या पात्रले नै त्यो हत्या गरेको हुन्छ बुवाको खुब गालि खाँएँ ।
म फिल्मको यति ठुलो पारखि हुँ कि मैले एक दिनमा ३ वटा फिल्म समेत हेरेको छु । यसलाई पारखि न भनु पागलपन भन्नु पर्ला ।
अब भोलि शुक्रबार मैले शुरुमै भने झैं म अहिले देखिनै दंग छु भोलि माई नेम ईज खान हेर्ने पालेा फेरि शाहरुख मलाई एकदम मनपर्ने अनि आसिफको मनपर्ने अभिनेता चािहं आमरि तर उनीहरु दुई ले म र आसिफ बिचको घनिस्टता दुईजानाको दोस्तिबाट पाठ सिक्न जरुरि छ हा हा ।
अब केहि दिनको लागी मेरा मित्रहरुबाट म बिदा लिन्छु किनभने शनिबार म धरान तिर बरालिदैछ आईतबार भ्यालेन्टाईन डे को दिन धरानमा मेरो शो छ धरानको यसपालिको अनुभव म सबै संग बाँड्छु शुभरात्रि शुभदिन र म सुदिन ।
---------------------------------------------------****---------------------------------------------------

Vice President's ESTYLE

नौटन्कि परमानन्द झा , हाम्रँ उपराष्ट्रपति
कसैले नाटक गर्यो भने हामि भन्छौं नौटन्कि नगर्
अब हाम्रा उपराष्ट्रपति परमानन्द झाको नाटकलाई चाहि के भन्ने राजनैतिक दाउपेच पदको लागी जे गर्न पनि तैयार या असल नेताको एक बानि हिजो वहाँले सपथ लिनु भयो शुरुमा वहाँलाई हेर्न आतुर थिएँ वहाँ को पहिरन के हुन्छ भनेर किनभने यो भन्दा अघि वहाँलॆ धोति कुतार्ामा सपथ लिनु भएको थियो , मलाई वहाँको लगाईमा कुनै आपत्ति थिएन तर जब वहाँले ठाडै हिन्दिमा सपथ लिनु भयो मलाई रिस उठ्यो , वहाँको मातृ भाषा मैथलि हो नि ? अनि किन ?भनेर सोध्दा वाहाँले सरल रुपमा आफुलाई नेपाली भाषा नआउने हिन्दि वहाँको मातृ भाषा भएकोले वहाँले हिन्दिमा शपथ लिएको बताउनु भयो यसलाई सफेद झुट भन्छ हिन्दि भाषामा , हिन्दिमा भाषण गरेर वहाँले समस्थ मैथलि बोल्ने दाजु भाई दिदि बहिनिको मात्र चित्त दुखाउनु भएन सम्पुर्ण मुलुककै चित्त दुखाउनु भयो वहाँले ढिठ भएर नेपाली भाषा वा मैथलि भाषामा सपत लिदै लिन्न भन्न थाल्नु भयो
तर हिजो फेरि वहाँ लाज पचेर सपथ लिन उभ्भिनु भयो दैारा सुरुवालमा ढाका टोपि लगाएर वहाँले नेपाली मैथलि भाषमा सपथ लिनुभयो अब वहाँले यो भन्दा अगाडि लिएको सपथलाई के भन्ने नौटन्कि कि ईस्टाईल
नौटन्कि पनको जलन्त उदाहरण यस्ता छन हाम्रो देशको दोस्रँे बरिष्ठ ठुलो मान्छेको ताल पदको लागी जे गर्न पनि तैयार आफुले बोलेको कुरा बिस्रन पनि तैयार
सुदिन
---------------------------------------------------****---------------------------------------------------
२०६६ साल माघ २४ गते ।

केहि बर्ष अगाडि मैले भारतिय साहित्यका केहि माहान हस्तिहरुको कार्यक्रम हेर्ने मौका पाएको थिएँ भारतिय दुतावासले आयोजना गरेको यस कार्यक्रममा भारतका हस्ति हास्य कविहरुको जमघट थियो जसमा अशोक चक्रधर जस्तो प्रख्यात हस्ति हास्य कविको उपस्थिति थियो उनले भनेको एउटा कथा आज मालाई याद आयो कथा यस प्रकार
एउटा जंगल थियो जंगलमा एउटा िसंहको राज थियो आफु भन्दा कम्जोर जनावहरुलाई मार्दै खान्थ्यो उसको यो बानिले साह्ा जनावरहरु त्रसित थिए एक दिनको कुरा हो एउटा बाख्रँ उसको पाठो जंगलमा हिड्दै थिए अचानक उनीहरुको अगाडि त्यहि सिहं आईपुग्यो बाख्राको पाठोले आमालाई सोध्छ आमा आमा के सिहं अंकलले हामिलाई आफ्नो भोजन बनाउनु हुन्छ ? बाख्रीले केहि जवाफ दिन सकिन त्यो सानो बाख्राको पाठोले गएर िसंहलाई नै सोध्यो , सिहं अंकल सिहं अंकल के तपाई आज हामिलाई आफ्नो भोजन बनाउनु हुन्छ ? िसंहले हल्का हाँस्दै बाख्रँको पाठोको टाउकोमा हात राख्दै दिर्घजिवि भव भन्ने आशिर्वाद दिएर आफ्नो बाटो लाग्यो पाठोले हातार हतार आफ्नो आमालाई गएर सोध्यो आमा आमा आज िसंह अंकलले किन हामिलाई खानु भएन आमाले जवाफ दिई बाबु शायद जंगलमा चुनाव आउँदै
यो प्रस¨ आज किन निकाल्दै छु भने अहिले हाम्रो अफिसमा कर्मचारि युनियनको चुनावको माहोल हाम्रा सहकर्मि उम्मेदवारहरु संग भोट माग्दै हुनुहुन्छ मैले वहाँहरुलाई यहि कथा सुनाएँ कतिले के हामिलाई िसंह भन्न खोज्नु भा हो पनि भन्नु भयो मैले होईन कुनै हालतमा पनि होईन भने मैले चुनावि माहोलमा रमाईलो गर्न यो कथा सुनाएको भने

हामि नेपालीहरुले यो कथाबाट धेरै कुरा सिक्न सक्छौं , निकै सरल यो कथा तर यसले के भन्न खोजिरहेको त्यो धेरै ठुलो कुरा के हामीले पनि यस्तै िसंह संग जम्काभेट गरेका थियौं
सुदिन
---------------------------------------------------****---------------------------------------------------

mero DESH

२०६६ साल माघ १९ गते मंगलबार
जय गणेशाय नम ।

म हेरक मंगलबार भगवान गणेशको पुजा गर्छु गणेश थान गएर बाहिरै बाट ढोग्छु । मनको शान्तिको लागी अनि शान्ति पनि प्राप्त गर्दछु ।

आज मैले फेसबुकमा ढाकामा जारि साग खेलकुदमा नेपालको उल्टो टांगीएको झण्डाको फोटो राखेको छु । त्यो फोटो हेरेर जो कसै नेपालीहरु झड्किन्छन् म पनि भड्किए त्यो फोटोमा मेरो फेसबुकको नेटवर्कमा भएका मित्रहरुले कमेन्ट पठाउन थाल्नु भयो सबैको मनमा घोचेछ यो तस्विरले घोच्नु स्वभाविक हो आखिरमा शाह देशको बदनामि भएको तस्वीर हो । यस बिषयमा त्यहाँ ढाका पुगेका नेपाली खेल पदाधिकारिहरु र स्वयं ढाका स्थित नेपाली दुतावासमा कार्यरत कर्मचारिहरु मौन छन् । दोष एक अर्कामा थोपर्दै ब्यस्त लाज पचेका पिचासहरु । मतलबनै छैन तर यसो सोच्दा बंग्लादेशको ओलम्पिक कमिटिले हाम्रो अवस्था देखेरै त्यसो गरेको होला । हाम्रो अवस्था हेरौन आफै के हामि उल्टो हिडिरहेका छैनौ र कुन आँटले अब हामि बिश्वको सामना गर्ने यो प्रश्न मेरो दिमागमा घुमिरहन्छ कुनै समय यस्तो थियो जब फक्रका साथ म सागरमाथा भएको देशको नागरिक हु म नेपाली हुँ भन्न म आफुलाई गर्व गर्थे तर अब केहि समय पछि म आफुलाई चिनाउन आफैलाई अप्ठेरो महसुस गर्छु होला । के भनेर चिनाउने बिश्वको सबैभन्दा बढि ¨लोडसेडिङ्" हुने देश बिश्वको सबैभन्दा बढि बन्द हुने देश र बिश्वका सबैभन्दा बढि दुर्गन्धित राजनितिक नेता भएको देश छि ।

प्रस¨ झण्डको मात्रै होईन त्यो त एउटा सानो उदाहरण मात्र हो हाम्रो लपरवाहिको अहिले लाग्छ सबैलाई भाग चाहिएको छ । देशमा गणतन्त्र स्थापना भएपछि केहि हुन्छ कि भन्ने आश सबैको थियो मेरो बिदेशमा बस्ने साथिहरु पनि देश फर्केर केहि गर्ने हो कि भनेर सोच्दथे तर अहिले उनीहरु आत्तिन्छन् । मैले त मेरा साथिहरुलाई आजकल बिसे्रर पनि नेपाल नआईज भन्न थाले । होईन किन आउने भन्या अब देश टुकि्रदैछ । यो संघियताको म पक्का बिरोधि यो सबै भाग खोज्दै संसद भवन पुगेका नेताहरुलाई खान दिने भाँडो हो । नैटंकिको पराकास्टा देशलाई संघियता तर्फ लान उत्साहित को भन्दा त्यहि भ्रष्टाचारिहरु जनतालाई उक्साउने अनि आफु फाईदा लिने । फेरि केहि गर्ने अठोट लिन मन लाग्छ तर खालि बोलिन्छ मात्र गर्न केहि सकिन्न बिदेशमा बसेका मेरा मित्रहरु पनि केहि गर्नु पर्यो सुदिन भन्छन खै के गर्ने अनि कसरि गर्ने एक्लै गर्न सकिन्न फेरि कसले सुन्ने मेरा कुरा सबै सत्ता भोगि खन्चुवाहरु । अब त खालि प्रार्थना मात्र गर्छु भगवान आउ देश बचाउ । भगवान आउ देश बचाउ अब त भगवान पनि आउदैनन् होला वाक्क भएर ।

सुदिन
---------------------------------------------------****---------------------------------------------------

बिशेस्वर शाहको पान र पिच्कारि ।

२०६६ साल माघ १८ गते सोममबार

आज धेरै पछि पानको आनन्द लिन पाएँ अफिस छेउमै छ एउटा पान पसल । म उसको पान पसलमा गएँ भने उ दंग पर्छ उसले मलाई टेलिभिजनमा काम गर्ने भनेर भन्दा पनि मैथलि बोल्न सक्ने उसको ग्रँहक भनेर चिन्छ म टुटेफुटेको मैथलि बोल्छु शुरमै बोल्छु र उ संग कुरा गर्दा उ दंग पर्छ कि छे हो आहाँ के हालचाल के छ तिम्रो हाल खबर उसले जवाफ दियो बढिया छे बाबु अर्थात राम्रो छ मिडा पानको स्वाद लिदै म अफिस भित्र छिरे आज उसले पान आएपछि पिचकारि मार्न मज्जा लाग्छ मलाई तर जथाभावि पिच्कारि नमारेको धेरै भयो । म बिराटनगरमा हुर्किको मेरो बाल्यकाल पुरै बिराटनगरमा बित्यो । सानो छदा टोलका दाईहरुले मुखमा पान राखेर गफ गरेको देख्दा मज्जा लाग्थ्यो र पान खाने मान्छे कोहि ठुलै मान्छे होला भन्ने मेरो सोचाई थियो र उनीहरु पान खाएर जुन मज्जाले पिचकारि मार्थे वाह मलाई देख्दा मज्जा लाग्थ्यो पिचकारि मार्ने भनेको मज्जाले थुक्ने घर भन्दा अलि पर हस्पीटल चोकमा थियो बंगालि दादाको पान पसल खुब मिठो पान बनाउथ्यो र त्यो भन्दा पनि ठुलेा र अझ मिठो पान खान मन लाग्यो भने पुग्नु पथ्र्यो गुदि्र दुबेको पान पसल दुबेले पान बनाईसक्दा त्यसमा एक किसिमको बास्ना आउने पदार्थ राख्थ्यो वाह क्या बास्ना आउथ्यो त्यो । एउटा रमाईलो प्रसंग याद आयो कक्षा ५ मा पढ्दा दशैको बेला खल्तिमा पैसा थियो दशैको नायाँ लुगा लगाएर बंगालि दादाकोमा पान खान गएँ मच्चि मच्चि साईकल कुदाएर हाफ पाईटिल अर्थात हाफ पेडल । पान मुखमा हाल्ना साथ मुखबाट पानको रातो रंग नयाँ टिसर्टमा झर्यो ला दशैको लुगा लगाएको पहिलो दिनमै बिगि्रएको देखेर म त रुन थाले तर बंगालि दादाले हतार हतार त्यो रंग सफा गरेर एकछिन घाममा बस्न लगाउनु भयो बल्ल बल्ल गयो त्यो रंग । कपडा बिगि्रएपनि पान चाहि खान छाडिन पान चबाउदै बाटोमा जता पाए त्यतै पिचकारि मार्दै घर फर्किए त्यो जथाभावि पिचकारि मार्न जुन मज्जा लाग्थ्यो वाह के भन्ने अनि पान खाएपछि मुख रातो भएको ऐनामा हेर्दा अर्कै मज्जा ।
आज पनि पान खाएँ एकछिन बाल्यकाल तिर पुग्न मन लाग्यो र जे पर्ला पर्ला भनेर मारियो पिचकारि हा हा अफिस बाहिर भित्र होईन ।
सुदिन
---------------------------------------------------****---------------------------------------------------

Football

२०६६ साल माघ १६ गते शनिबार ।

आज फेरि एकपटन नेपाली फुटबलले निराश बनायो । साग खेलकुदमा भाग लिन पुगेको नेपाली टोलि बंग्लादेश संग ३ । ० ले हार्दा साहै चित्त दुख्यो । शायद मैले हाम्रा खेलाडीहरुबाट धेरै ठुलो आशा गरे। । आज मैले खेल पत्रकार नभएर नेपाली फुटबललाई माया गर्ने नेपाली भएर म्याच हेरें । किनभने खेल पत्रकार भएर हेर्या भए मलाई नतिजाले केहि असर गर्द्र्रैन थियो किनभने मलाई थाहा छ नेपालले किन हार्यो भनेर तर फुटबललाई माया गर्ने नेपाली भएर हेर्दा चित्त दुख्यो । किनभने पि्रमियरसिप स्पानिस लिग जस्ता बिश्वप्रसिद्ध क्लब फुटबल हेर्ने बानि लागेर होला म मेरो देशको फुटबल पनि त्यस्तै होस् भन्ने चाहन्छु जुन शायद हुनै नसक्ने कुरा हो । खत्तमनै भयो नेपाली फुटबल । तालमेलको कमि खेलाडीहरुमा त्यो जोश र जाँगरको कमि । तर म दोष दिन्छु हाम्रा पदाधिकारिहरुलाई , झैं झगडा गरेर लामो समय सम्म देशमा फुटबल प्रतियोगीता नगराउनु । यो नै हो ल नेपाली खेलाडीहरुमा त्यो जोश र जाँगरको कमि , देशमा फुटबल फुटबल फुटबल भएको भए आजको बंगलादेशका खेलाडीहरुलाई धरो धर्म हाम्रो खेलाडीहरुले हराउँथे ल । हाम्रा फुटबलका पदाधिकारिहरु र फुटबल खेलाडीहरुले पनि के बुझ्नु पर्यो भने हामि फुटबल समर्थकहरुलाई नतिजा चाहिन्छ खेलको पुरै समयमा पेल्दा पेल्दा गर्यो अन्तिम १० सेकेण्डमा गोल खाएर खेल हार्यो भने त्यो हार हो , हो , पेल्न त हामिले पेल्या हो तर खेल त हारियो नि यो कुरालाई चाहि हाम्रा खेलाडीहरु प्रशिक्षँक र पदाधिकारिहरुले बुझ्नु पर्यो । यो मेरो भावना हो फुबटल समर्थकको रुपमा । खालि आशा गछु यस पछिका खेलहरुमा म दंग पर्नेछु

सुदिन
---------------------------------------------------****---------------------------------------------------
२०६६ साल माघ १४ गते बिहिबार
घर आउँदा मेरो आमा बाबालाई ढोग्थीस्

म र तँ दाजुभाई हौ भन्थिस

याद छ मलाई तँ बिरामि भएको क्षण

आत्तिएको थिएँ जब पाएँ त्यो खबर

चिनिनस् मलाई एकछिन् सोचेर भनिस्

धेरै धेरै सोचेर र गरेर कोसिस्

नाम मेरो लिदा म रोएको थिएँ बुझिस्


तेरो त्यो लास हेरि मुटु कामेको थियो

लाग्यो मलाई अब अस्तायो मेरो कुल

दैबले तँलाई लगि गर्यो ठुलो भुल

हेडफोन लगाएर जब स्टुडियोमा छिर्छु

आँखा चिम्लन्छु अनि तँलाई सम्झन्छु

लाग्छ तँ मलाई सधैं हेरिरहेको छस्

यस्तै हो यहाँको चलन जहाँ छस तँ राम्रो संग बस् ।

यि शब्दहरु मैले मेरो मिलनसार साथि कुल पोखरेलको लागी लेखेको अन्तिम शब्दहरु हो कुलको लागी गित बनाउदा र यो सबै लेख्दा म अत्तिनै भावुक भएको थिएँ । पछि यो गित अनि म्युजिक भिडियोमा परिणत भएपछि कुललाई मनपर्नेहरु र उसले यो पृथ्वी छोडेर गए पछि उसलाई बिस्रनेहरु सबैले उसलाई एकपटक सम्झेका थिए ।
ठुलो ह्दय भएको थियो कुल सन् २००३ साल तिर जब उसको र मेरो चिनजान भयो उसको बोल्ने शैलि र उसको बिनदास रवैया देख्दा म अचम्ममा परेको थियो । के छ त नि सुदिन भनेर उसले म संग कुरा गरेको थियो । उसको बोल्ने शैलि अलि बेग्लै थियो नेपाली बोल्दा ठेट नेपाली बोल्थ्यो भने अंग्रेजि मिसाएर बोल्दा बेलायति नागरिक सरह उ बेलायतमा पढेको थियो । त्यसपछि मरो कार्यालयको समय पछिको समय उसको घरमा बित्तथ्यो हामि उसको घरलाई स्टुडियो कुल भन्थ्यौं शान्तिनगरमा थियो उसको फ्ल्याट । संगीतमा निकैनै तल्लिन भएर लागेको थियो कुल र उसको गित बनाउने र गाउने शैलिनै बेग्लै राति सुत्नेबेलमा उ कम्प्युटर अगाडि बस्थ्यो र बिहान उठ्दा उ त्यहि हुन्थ्यो । अनि हामिलाई सुनाउँथ्यो उसको नयाँ कम्पोज । एकचोटि उसले बनाएको मृत्यु भन्ने गित सुनेर मलाई डर लागेको थियो । उसले आफ्नो मृत्युको क्षणको कल्पना गरेर त्यो गित बनाएको थियो । डर लाग्दो थियो गितको शब्द जिउनै सििर¨ हुने ।
शान्तिनगरबाट उ सोल्टिमोडमा सरेपछि उ संगको संगत अलि कम भयो उ बस्थ्यो टाडा र जान आउननै समय लाग्ने हप्तामा एक पटक मात्र भेट हुन्थ्यो । अहिले उसको त्यो लगन त्यो संगीतप्रतिको मोह देख्दा नेपाली संगीतिक क्षेत्रमा उसको कमि खड्किन्छ । मैले पनि केहि प्रेरणा उ बाट पनि पाएको थिएँ त्यतिबेलाको मेरो संघर्षको बेला र त्यो बेला कुल जस्तो जाँगरिलो साथि पाउनु म आफुलाई भाग्यमानि नै ठान्छु । तर एक दिन अचानक उ बिरामि भएको खबर पाउँदा म आत्तिएँ उसलाई अस्पतालमा भेट्न जाँदा र उसको अवस्था देख्दा म रोएको थिएँ त्यसको केहि महिना पछि मलाई आसिफले पाटन अस्पताल आईज भन्यो उसले कुल हामि बिच रहेन भन्ना साथ म त एकछिन चुप्नै लागेको थिए वुवालाई लिएर अस्पतार गएर उसको पार्थिव शरिर हेर्दा म भक्कानो छोडेर रोएँ कुल सुतिरहेको थियो सुत्दा खेरि उसको हात छातिमा हुन्थ्यो र उसले उसलाई अत्तिनै मनपर्ने बास्केटबलको जसरी लगाएको थियो । लाग्थ्यो उ मस्त सुतिरहेको छ तर उसको यो सुताई सधैको लागी थियो । यति बेला मैले उसले मलाई सुनाएको मृत्यु सम्बन्धि गित सम्झे जसको बोल थियो कस्तो हुन्छ होला मेरो मृत्युको क्षण…………।
ब्याकरण एल्बम गर्दा म आसिफ र अमितले एउटा गित कुल प्रति समर्पित गर्नु पर्छ भनेर भनेका थियौं । उसको एउटा गित थियो म संग जुन उसले म संग गर्छु भन्थ्यो त्यहि गितलाई हामिले उसको नाममा समर्पित गर्यौं ।
आज यो प्रसंग कताबाट आयो भन्दा आज अफिस आउदा म शान्तिनगर तिर गएको थिएँ आफ्नो कामले त्यो बाटो हिड्दा हिड्दै म कुल बसेको पहिलाको घर तिर लागें एकछिन अडिएर मैले त्यो घर तिर हेरें कुलको याद झलझलि आयो उसको पहिलाको बासस्थान हेर्दै म धेरैबेर त्यहाँ अडिएँ ।

लाग्यो मलाई कुलले हेरिरहेको छ

सुदिन ---------------------------------------------------****---------------------------------------------------
२०६६ सँल माघ १३ गते
आज भन्दा ठ्याक्क एक बर्ष अगाडि म अष्ट्रेलिया तिर बरालिदै थिए । पारिवारिक जमघट र आजैको दिन म आफ्नो जिवनको अविस्मरणिय क्षण मध्येको एक को घट्नामा थिए । म सिड्नि कि्रकेट ग्राउण्डमा थिएँ अष्ट्रेलिया र दक्षिण अफि्रका बिचको म्याच हेर्न तैयार आफ्नो हातमा मेरो मित्र दामोदरले म्याच टिकट दिदा म ज्यादै खुशि भएको थिएँ । म्याच त्यहाँको समय अनुसार २।३० मा शुरु हुने थियो तर मैले दामोदरलाई १२ बजेनै स्टेडियम तिर जान भने उत्साहित हुदै भित्र छिर्दा आफ्नो अगाडि एस सि जि थियो बिशाल रंगशाला । ५० हजार दर्शक अटाउने क्षमता भएको रंगशाला र ग्राउण्डको बिचमा दक्षिण अफि्रकाका खेलाडीहरु प्रशिक्षँणमा ब्यस्त के चाहियो आफुलाई आफ्नो अगाडि हर्शल गिब्स जे पि डुमिनि मखाया एन्टिन ए बि डिभिलियस्र र पिचको बिचमा थिए स्पिनका बादशाह शेन वार्न पिच रिपोर्ट दिन तैयार खेलाडीहरु संग फोटो खिच्न साहै मन लाग्यो । नेपालको रंगशाला भएको भए त सजिलै लिईन्थ्यो तर पर्यो एस सि जि बल्ल बल्ल एन्टिनिलाई कराउदा कराउदा उ नजिक आयो मैले दामोदरलाई क्यामरा दिएँ खिच्न तर उसले क्लिक गर्दा खालि मखायाको मात्रै तस्वीर आयो झण्डै मारे मैले त्यसलाई तर फेरि याद आयो ए यो टिकट त मलाई यसले नै दिएको अनि छाडिदिए केहि क्षण पछि म्याच शुरु भयो बिहान ईन्टरनेटमा सिड्निको त्यो दिनको तापक्रम चेक गर्याथिएँ ४० डिगि्र गर्मि बाफरे अनि साँझ ५ मा एस सि जि माथि आकाशमा बादल लाग्ने छ भनेर लेखिएको थियो जे लेख्या थियो त्यहि भयो ५ बजेको आसपास एस सि जि को माथि बादल अनि मैले सम्झीएँ हाम्रँे देशको मैासम पुर्वानुमान बिभाग जे भन्ने ठ्याक्के त्यसको उल्टो हुने । म्याच शुरु भयो रंगशाला भरिदै गयो केहि क्षण पछि स्क्रिनमा दर्शकहरुको उपस्थिति ५० हजार पुगेको देखियो वरिपरि ५० हजार दर्शक दशरथ रंगशालमा फुटबल हेर्दा २० हजार सम्म अटेको देखेको थिएँ ५० हजार देख्दा म तिन छक्क फेरि ४० डिगि्रको गर्मिमा म्याच हुर्दा मैले गर्मिनै बिसर्िएको थिएँ । म र दामोदर दक्षिण अफि्रकाको समर्थ वरि परि सबै अजि समर्थकहरु डर पनि लाग्यो तर खुब हल्ला गरियो । निकैनै रमाईलो गरियो अष्ट्रेलिया पुग्ना साथ मलाई दामोदरले भनेको थियो अष्ट्रेलिया थि्र बि को लागी चर्चित छ बिच , बियर र बार्बिक्यु हो रहेछ त्यो दिन त्यो रंगशालामा रहेको बियर बारले निकैनै ठुलो ब्यापार गर्यो खेल दक्षिण अफि्रकाले जित्यो र यो कुरा कान्तिपुर समाचारको समाचारमा प्रत्यक्ष टेलिफोन मार्फत गर्न पाउदा म ज्यादै खुशि भएको थिएँ ।
म्याच सकियो घर तर्फ लागें बाफरे बाफ ५० हजार दर्शकहरु एकै साथ मैदान बाहिर निस्कदा मेला झैं थियो । मैले त्यो म्याचको टिकटलाई नेपाल आएर फ्रेम गरेर राख्या छु । केहिले काहि सम्झन्छु त्यो रमाईलो क्षण खुशि लाग्छ एक खेल पत्रकारलाई यो भन्दा ठुलो उपलब्धि के नै होला र ।
सुदिन
---------------------------------------------------****---------------------------------------------------
आजको दिनमा खास त्यस्तो उपलब्धि केहि भएन सधैंको जस्तो दिनचर्या । बिहान उठेर भान्जि संगको केहि समय र अफिस अफिसको दैनिक काम अनि जिम । आज भाई बेन्जिनको जन्मदिन । उसले मलाई के एफ सि मा आउन निमन्त्रणा दियो तर के एफ सि को त्यो लामो लाईन सम्झेर म गईन । साँझमा कार्यालयको झ्यालबाट एकछिन बाहिर हेर्दा म एकछिन कता कता पुगें आफ्नो ठाउँ याद आयो बिराटनगर अब अर्को बर्ष दशैंमा गईन्छ केहि नयाँ उमंगका साथ ।

अनि आफ्नो क्याबिनको टिभिमा केबलको लाईन आयो राफा नाडाल र एण्डी मरेको भिडन्त । मरेले बाजि मार्यो फेरि कि्रक ईन्फोमा पाकिस्तानको लज्जास्पद हारको समाचारले मलाई अलि दुखि बनायो आफु परियो पाकिस्तानको डाई हार्ड फ्यान् । यस लगायत आफ्ना सहकर्मिहरु योपेश र बिष्णुहरि संग साग खेलकुदको समाचार संकलनको बारेमा एकछिन मििट¨मा ब्यस्त भईयो ।

अब केहि बेर पछि समाचार पढ्न जानु छ त्यसपछि घर तर्फ आज घरमा लोडसेिड¨को पालो लोडसेिड¨ले मलाई चािहं फाईदा पुर्याएको छ सधै राति १२ १ बजे सम्म टिभि हेरेर बस्ने बानि लागेको थियो बिहान उठ्ने गाह्ो आजकल निकै राम्रो निन्द् लाग्छ ।

अब भोलिको दिनको पर्खाईमा केहि नयाँ जोश र जाँगरको पर्खाईमा ।

सुदिन
---------------------------------------------------****---------------------------------------------------