एउटा भिन्नै शैलिको गित संगीतमा लागेको थुप्रै भएछ । यो लामो समयमा नेपाली संगीतको आकास उज्यालोबाट अँध्यारो भएको पनि देखियो । कुरो त्यो बेलाको हो जब मित्र गिरिस र प्रनिल दाईले मलाई म यस्तो छु म त्यस्तो छु भन्ने गितमा एक हरफ गाउन लगाए । यो मेरो लागी ठुलो अवसर थियो । गिरिसलाई बिराटनगरमा भेट्दा उसले मेरो संगीत प्रतिको चाख देखेर सहयोग गर्छु भन्या थियो । उसले गर्यो पनि ।् गितमा हरामि छु भन्ने शब्दको प्रयोगले धेरैको दिमाग घुम्यो । तर हरामि भनेको युवा पुस्तामा धेरै चलेको शब्द थियो धेरैले बुझेनन् बुझे पनि बुझ पचाए तर युवा पुस्ताले बुझे र गाउदै हिडे । एलबम बजारमा आउदा सम्म नेपाली र् RAP संसार फस्टाउन थालेको थियो । Shez the Bomb , Chyangba Pahilo Maya जस्ता हाम्रा गितलाई सबैले मन पराए । फेरि म Remix को पक्का बिरोधि राजु दाईको बिशेष अनुरोधमा गरिउको थियो । वहाँले खुब सहयोग गर्नु भएको थियो मलाई अमितलाई र आसिफलाई पालाको पैंचो तिरेउँ । म यस्तो छु ताका नेपाली आधुनिक गायन तर्फका अग्रजहरुले आए संस्कृति बिगार्ने गायक भनेर हामिलाई भन्नु भएको मलाई याद थियो । म एकदमनै ईख लिने मान्छे त्यो संबोधन म कहिले पनि बिसर्िन्न । पछि जब हाम्रो गितहरु चल्यो वहाँहरुले फोनका फोन लगाउन थाल्नु भयो सुदिन जि यसो RAP गाईदिनु पर्यो । वहाँहरुको नजरमा RAP संगीत खालि ठाउँ भर्न लाई हो । हाँस पनि उठ्यो मेलै वहाँहरुको अनुरोधलाई ठाडौ अस्विकार गरे र भने RAP एउटा भिन्ने शैलिको संगीत हो खालि ठाउँ भर्ने माध्यम होईन । अप्ठेरो थियो यो माहोल किन भने नेपालमा तिन ताका REMIX का REMIX गितहरु बन्न थालेका थिए तर हामिले सबै अनुरोधहरुलाई वास्ता गरेनौ । अर्को एलबमको तैयारिमा लाग्यो । पहिलो माया भन्ने गितको सफलता पछि आसिफ पुर्ण रुपमा युनिटि संग आबद्ध थियो । अनि आसिफले एलबमको नाम अगाडि ल्यायो । ब्याकरण अफ र् याप वाह भन्यौ मैले र अमितले किनभने केहि अरौटे भरौटेहरुलाई सम्झाउनु थियो र् याप भनेको के हो भनेर र नेपाली शब्दमा र् याप कसरि लेख्ने र गाउने भनेर । साँच्चै भन्ने हो भने हाम्रो प्रयोग चल्यो । त्यसपछि फोन आउन छाड्यो केहि हद सम्म हामि Success भयौं जस्तो लाग्यो । सबै गितलाई दर्शश श्रोताहरुले मन पराईदिनु भयो । चुनौति झन थपियो । चलचित्रमा गित बनाउने अनुरोधहरु आयो । सिमोस सुनुवारको चलचित्र मिशन पैसाको साउण्ड ट्रयाक बनाउदा साहै मज्जा आयो । गित चल्यो तर नेपाली चलचित्र क्षेत्रका केहि निर्देशकहरुको मनमा पनि ठुलो भ्रम रहेछ खालि ठाउँ भर्नुस न भन्ने अनुरोध लिएर आउनु भयो वहाँहरुलाई पनि र् याप को अर्थ सम्झाउन सफल भयौं हामि ।
अब अहिले नयाँ एलबम बनाउने सुरमा छौं हामि ब्याकरण भाग २ तर म्युजिक ईन्डस्ट्रिको अवस्था देख्दा अलि समय लागेको हो । खत्तम छ अब जुन देशमा संगीतीक अवार्डमा गायकहरुले एस एम एस को भरमा अवार्ड जित्छन् जसको धेरै एस एम एस त्यो सर्वोत्कृष्ठ गायक त्यो देशको म्युजिक ईन्डस्ट्रिको हालत के होला आफै अनुमान गरौं ब्याकरण भाग १ का प्राय सबै गितको भिडियो हामिले आफ्नै पैसाले गरेउँ पैसा कहाँ बाट ल्यायौं पैसा कन्सर्ट गरेर जम्मा गर्दै गरेउ्रँ अब यो कुरा कसले बुझ्ने फेरि यो एल्बम हिट फ्लप भन्ने ANALYST हरुको भिडछ नेपालमा , म भन्छु के का आधारमा वहाँहरु यो बिशलेषण गर्नु हुन्छ , म्युजिकमा पि एच डि को छ नेपालमा ल देखाउनुस मलाई । अहिले नेपालमा जो संग खल्तिमा पैसा छ र जो अलि अलि गित गाउन सक्छ त्यसको एलबम हिट पनि हुन्छ त्यसले अवार्ड पनि जित्छ । तितो सत्य ।
हाम्रो एलबम बन्दैछ समसामयिक बिषयमा केन्द्रित छ हाम्रँे नया प्रस्तुति सर्बप्रथम त ब्याकरण १ को अभियुक्त भन्ने गितको भिडियो बनाउदैछौं । हो ढियो भयो एल्बम गर्न तर ढिलै भएपनि केहि नयाँ हुनेछ ।
प्रतिक्षु गर्नुहोला ।
सुदिन
---------------------------------------------------****---------------------------------------------------