आज हरितालिका तिज समस्त दिदि बहिनिहरुमा तिजको शुभकामना
तर आज म तिजको कुरा गर्दिन । अरु कुरै गर्छु ।
५३ । ५४ साल देखि नेपाली गित संगीतमा लागियो प्रत्यक्ष रुपमा सुगम संग मिलेर त्यो थियो बेला । पछि गिरिश र प्रनिल दाईले मलँई अवसर दिएर नेपाली र् याप तिर प्रवेश गरें । राम्रै अवसर दिएका हुन् पहिलो गितनै चल्यो चल्यो के भन्नु धमाकानै भयो । त्यो बेलाको समय भिन्नै थियो । फस्टाएको थियो नेपाली सांगीतिक संसार गायक कलाकारहरुले पनि राम्रै कामाउथे र कम्पनिहरुले पनि राम्रै ब्यापार गर्थे पाईरेसि थियो तर अहिलेको जस्तो थिएन तर भए पनि फरक पर्दैन थियो किनभने देशको अवस्था राम्रो थियो । सांगीतिक कार्यक्रमहरु थुप्रै हुन्थे । म सम्झन्छु हाम्रो She's The Bomb च्याङ्ग्बा , आँखाभरि , पहिलो माया भन्नै गितहरु प्रख्यात भएको बेला महिनामा ३ वटा सांगीतिक कार्यक्रमहरु गरिन्थ्यो । धेरै पहिले पनि होईन भन्या ३ बर्ष अगाडिको कुरा तर देशको राजनितिक खिचातानिले कसरि सबै क्षेत्रलाई असर गर्छ भन्ने जलन्त उदाहरण अहिले देख्न सकिन्छ । चलेका कालाकारहरुलाई त्यो बेला भ्याई नभ्याई थियो राजधानिमा यति धेरै कार्यक्रम हुन्थ्यो के भन्ने । तर अहिले खै कार्यक्रमहरु । खै रात्रि जिवन रात्रि जिवन ठप्प नै भयो । रात्रि जिवन हुनुपर्छ भन्ने सोच राख्ने मान्छे हुँ म । अब किन छैन भन्दा सुरक्षा छैन त्यसैले सुरक्षा दिने कसले सरकारले तर सरकारको कुरा गर्ने हो भने भो नगरौं होला कति गालि गर्ने कुकुरको पुच्छर बान्गोको बान्गो । यो कुराहरु किन गरिरहेको छु भने श्रोताहरु म्ाझ नयाँ एल्बम पस्कने तैयारिमा लागेको बेलमा यो सोच आएको हो । हुनत मेरो संगीत एउटा पेशा नै हो तर यो मौसमे खेति झै छ दशै तिहार नयाँ बर्षमा सम्झन्छन् आयोजकहरुले । तर उनीहरुको पनि आफ्नै बिडम्बना छ केहि दिन अघि एकजाना आयोजक संग कुरा भएको थियो मेरो उसले आफ्नो पिडा सुनायो सुदिन जि अब प्रायोजकहरु नै मान्दैनन् कार्यक्रम गर्न अनि कलाकारहरुलाई उनीहरुको पारिश्रमिक नदिई पठाउन नराम्रो लाग्छ उ कुनै बेला राजधानिमा थुप्रै कार्यक्रम गथ्र्यो । अहिले उ अर्कै ब्यापारमा ब्यस्त छ र राम्रै गरिरहेको छ । तर यो संगीतको नशा यस्तो हुदो रहेछ कि के भन्ने
यि सबैको गाँठो जोडिएको छ ओह्ालो लागेको नेपाली राजनिति संग । केहि दिन अघि खेलकुद समाचारको पालो कुर्दा नेपालको बर्तमान अवस्थाको समाचारले झन दिक्क पार्यो । नेपाल बिश्व बरियतामा पछाडिबाट १० औं स्थानमा छ अब हामि सोचौ हामि कता छैंा भनेर । हरे … दिक्क लाग्छ । त्यहि पनि पापि पेटको सवाल छ काम गर्नै पर्यो राम्रँे लाउनै पर्यो खानै पर्यो र खुशि हुनै पर्यो आफ्नै देशमा बसेर …। अब के लेखौं । यो राजनिति र समसामयिक कुरा रबर जस्तो जति तन्कायो त्यति तन्काउन मिल्ने भनौं हिन्दि सिरियल जस्तो घरमा आमाले हेरेको देख्छु कहानि जाहाँको त्यहि हुन्छ तन्काको तन्कै ।
ल अब लागियो समाचार पढ्न
सुदिन
---------------------------------------------------****---------------------------------------------------